Ads

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल


काठमाडौँ । प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । एमसीसी पारित गर्ने विषयको चर्को आलोचना भएपछि आज(सोमबार) यी दुई नेताबीच छलफल भएको हो ।

प्रधानमन्त्री देउवासँग छलफल गर्नका लागी आज अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । एमसीसीको विषयमा गठबन्धनमा विवाद नभएको र यसले गठबन्धन टुट्ने अवस्था नभएको नेताहरूले बताएका छन् । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच स्थानीय तहको निर्वाचनको मितिसंगै एमसीसीका विषयमा छलफल भएको र सत्ता गठबन्धनलाई एमसीसीको कारणबाट कुनै अप्ठ्यारो नरहेको दुवै पक्षले भनाई छ ।

यसअघि पनि प्रधानमन्त्री देउवा, प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू