काठमाडौं । एमासीसी पास गर्न दबाव बढिरहेका बेला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परियोजनाबारे पुरानै अडान दोहोर्याएका छन् ।
सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्ड र एकीकृत समाजावदीका अध्यक्ष माधवकुमार नेपालले भेटेका थिए । भेटमा एमसीसीलाई परिमार्जन र संशोधन नगरी संसदमा लैजान नहुने भनाइ प्रचण्डले राखेका थिए ।
प्रचण्डको सचिवालयका अनुसार भेटमा प्रचण्डले संशोधनबिना एमसीसी पारित गर्न नसकिने माओवादीको पुरानै अडान दोहोर्याएका हुन् ।
यसैविच नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) सम्झौता संसदबाट अनुमोदन नगराउन प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरु समक्ष आग्रह गरेका छन्।
नेता रावलले सोमबार प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा खुलापत्र सार्वजनिक गर्दै एमसीसी सम्झौता राष्ट्र हितमा नरहेकाले संसदबाट अनुमोदन नगराउन ध्यानाकर्षण गराएका हुन्।
प्रतिक्रिया दिनुहोस्