काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा छानविन गर्न गठन गरिएको छानविन समितिले चार दिनभित्र खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
आज(सोमबार) एक सुचना जारी गर्दै माघ २१ गते अपरान्ह ३ देखी ४ बजेभित्रमा डीएचएस–२ प्रणाली अनुसार खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिको विवरण पठाउन सरोकारवाला पक्षलाई छानविन समितिले अनुरोध गरेको हो । गठित छानविन समितिको पहिलो बैठकको निर्णयबाट स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सूचना जारी गरिएको हो ।
२४ लाख डोज खोप हराएको र त्यसको कुनै तथ्यांक नभेटिएपछि स्वास्थ्य सचिव डा. रोशन पोखरेलले संसदीय समितिलाई जानकारी गराएका थिए । उनले खोप हराएको तथ्य सार्वजनिक गरेपछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले खोपको छानविन गर्न स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्