Ads

बढ्यो दूधको पनि मूल्य : पहिले थियो प्रतिलिटर ४९.५२,अब ५६.०४ रुपियाँ


काठमाडौं । सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले जानकारी दिनुभयो ।
यसअघि दूधकको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो ।
बैठकले दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरेसँगै १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपियाँले दुधको मूल्य वृद्धि भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू