काठमडौँ । नेपाल र मोरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल आज(मंगलबार) हुने भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमले अफ्रिकी राष्ट्र मोरिससविरुद्ध आज पौने पाँच बजे प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल मोरिससविरुद्ध लगातार दोस्रो जितको तयारीमा रहेको छ । गत शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मोरिससलाई १–० गोल अन्तरले पराजित गरेको थियो । जितका लागी २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमल घर्तिमगरले निर्णायक गोल गरेका हुन् ।
मोरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । पहिले घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् भने मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्