काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठमा स्थानीय तह निर्वाचन गर्ने सङ्केत गरेका छन् । सोमबार कांग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्।
सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका कांग्रेस बागमती प्रदेशका सभापति लगायतका पदाधिकारीसंगको भेटमा प्रधानमन्त्री देउवाले जेठमा निर्वाचन हुन्छ सबै तयारीमा लाग्न भनेको बताइएको छ ।
प्रधानमन्त्रीज्यू समयमै चुनाव गराउने पक्षमा हुनुहुन्छ । उहाँले जेठमा नै स्थानीय तहको निर्वाचन गर्ने कुरा गर्नुभयो बागमति प्रदेशका महामन्त्री राजु श्रेष्ठले बताए । उनले भने ‘हामी सोमबार प्रधानमन्त्री भेट्न गएका थियौ । उहाँले भेटमा जेठ ४ गते निर्वाचनको मिति घोषणा गर्ने तयारीमा छौ । त्यसको लागि तपाईहरु पनि तयारीमा रहनु होला । निर्वाचन समयमा नै हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्