काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय खेलकुद महासंघले आज(मंगलबार) एक विज्ञप्ती जारी गर्दै जेठ ५ गते भित्रै चुनाव गर्न माग गरेको छ ।
विभिन्न २० बुँदे मागसहित विज्ञप्ती जारी गर्दै कानुनतः स्थानीय तहको तत्काल चुनाव गरी स्थानीय खेलकुदलाई मात्र नभएर संविधान, लोकतन्त्र र जनजीविकाका सवालहरुको रक्षाका लागी पनि चुनाव हुनु आवश्यक रहेको महासंघका केन्द्रिय अध्यक्ष रमेश पौडेलले बताएका छन् ।
खेलक्षेत्रमा आवश्यक ऐन कानुन र नियमावालीको व्यवस्था गर्दै खेलाडी, खेल प्राविधिक, अफिसियल्सहरुको जनही ५० लाख बराबरको दुर्घटना बिमा एवं जीवन बीमाको लागि रकम विनियोजन गर्न समेत माग गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदका कर्मचारीहरुले तलब खान समेत नपाएको अवस्था रहेको बताउदै अस्तव्यस्त भएको खेलकुद क्षेत्रलाई सुधार गर्नका निम्ती पनि जेठ ५ गते भित्रै निर्वाचन गर्न आवस्यक रहेको महासंघको भनाई छ ।
नवौँ राष्ट्रिय खेलकुद पनि अनिश्चित भएको महासंघले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्