Ads

मोरिससविरुद्ध नेपालको लगातार दोस्रो जित


काठमाडौं। अफ्रिकी मुलुक मोरिसससंगको दोस्रो अन्तराष्ट्रि मैत्रिपुर्ण खेलमा पनि नेपालले जितेको छ। दशरथ रंगशालामा आज (मंगलबार) भएको खेलमा नेपालले मोरिससलाई १–० गोलअन्तरले हराएको हो ।

नेपाललाई जित दिलाउन खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए । सुजलको गोल नै निर्णायक बन्यो । लगत्तै मोरिससले १२ औं मिनेटमा पेनाल्टी पाउँदा पनि सदुपयोग गर्न नसक्दा बराबरी गर्न सकेन । नेपाली टिमका खेलाडी दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो ।

मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान किरण चेम्जोङले बचाए । मंगलबारको खेल निकै तनावपूर्ण बनेको थियो। जहाँ नेपालका १० र मोरिससका ९ खेलाडी मात्रै रहेका थिए । यसअघि गत शनिबार दशरथ रंगशालामै भएको पहिलो खेल पनि नेपालले जितेको थियो ।

पहिलो खेलमा पनि नेपालले मोरिससलाई १–० गोलअन्तरले नै हराएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू