काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले सुरुमा नै चुनावमा जाउँ भन्दा गठबन्धनले प्रतिगन भनेर भ्रम सिर्जना गरेको बताएका छन् ।
उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् ‘वरु उल्टै जनमतको उपेक्षा हुनथालेपछि नयाँ चुनावमा जानेकुरालाई प्रतिगमन भनेर भ्रम सिर्जना गर्ने र लोकतन्त्रको मर्मलाई प्रहार गर्ने काम मात्र गर्यो ।’
पाँच दलिय गठवन्धनले देश र जनताका पक्षमा अहिलेसम्म केहि पनि काम नगरेको महासचिव पोखरेलले दाबी गरेका छन् । उनले भनेका छन् , ‘पाँच दलिय गठवन्धनले देश र जनताका पक्षमा अहिलेसम्म के राम्रो काम गर्यो ? केही छैन ।’
महासचिव पोखरेलले भनेका छन्, ‘गठबन्धनले नयाँ चुनावमा जाने कुरालाई प्रतिगमन भनेर भ्रम सिर्जना गर्ने र लोकतन्त्रको मर्मलाई प्रहार गर्ने काम मात्र गर्यो । अव हुने चुनावमा जनतावाट त्यसको फैसला हुनेछ ।’
उनले एमालेको लोकप्रियताबाट आत्तिएर पाँच दलिय गठबन्धन बनेको लेखेका छन् । छन् । उनले भनेका छन् , ‘राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि वढ्दा एमालेको वढ्दो शक्ति र लोकपृयतालाई रोक्न बनेको हो पाँच दलिय गठवन्धन ।’
‘अब हुने तीनतहको चुनावसंगै पुरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउ नयाँ जनादेशले लिने छ । चुनावमा जनता जनार्दन नै न्यायाधिस हुन्छन्,’पोखरेलले भनेका छन् ‘ एजेण्डा विहिन गठवन्धनले होइन, देश र जनताका पक्षको एजेण्डावाट नै चुनाव जित्ने हो । अव सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त वोकेर जनताका बीचमा जाऔं ।’
उनले जनताको फैसला सत्य र न्यायको पक्षमा हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्