काठमाडौं । सत्तागठबन्धका शिर्ष नेताहरुबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा शिर्ष तीन नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले बताएको छ ।
मंगलबार प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई परामर्श दिएका थिए । प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर सरकारले मिति तोक्ने बताएका थिए ।
बुधबार प्रचण्ड र नेपालसँग प्रधानमन्त्रीले यीनै विषयमा कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले बताए ।
प्रतिक्रिया दिनुहोस्