काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । सचिवालयको बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा सुरु भएको छ ।
पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको कार्यदय सचिव भिष्म अधिकारीले बताए ।
सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सचिवालयमा छलफल गर्ने एजेण्डा तय गरेको थियो ।
एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ । एमालेमा हाल अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६,उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय रहेको छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्