Ads

इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन


काठमाडौं । विप्लव माओवादी निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज(बुधबार) प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि सरकारविरुद्ध टायर बालेर उनिहरु प्रदर्शनमा उत्रिएका हुन् ।

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु. ३ ले वृद्धि गरिएको छ ।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिलिटर बिक्री मूल्य हो ।

Ads

सम्बन्धित पोष्टहरू