काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अनुगमनमा आज(बिहिबार) धोबीखोला करिडोर सडक ओगटेर राखिएका निर्माण सामग्री हटाइएको छ ।
धोबीखोला क्षेत्रका स्थानीयले सडक छेउमै निर्माणका सामग्री राख्दा आवतजावतमा समस्या भएपछि मन्त्री झाँक्रीको निर्देशनमा डोजर लगाएर सामग्री हटाइएको हो । त्यस क्षेत्रमा रहेको फुटपाथका व्यवसायीक पसल पनि हटाउन निर्देशन दिइएको छ ।
उक्त सडकको छेउछाउमा इँटा, बालुवा, रडलगायतका निर्माण सामाग्री राखिएको बताउदै मन्त्री झाँक्रीले जथाभावि सार्वजनिक सम्पत्तिमाथि अतिक्रमण गर्न नहुने बताएकी छन् । सडक सरसफाई पछि त्यस ठाउँमा पुनः सामाग्री राखेको पाइएमा जरिबाना हुने चेतावनी समेत दिइएको छ ।
गत पुस २९ गते पनि मन्त्री झाँक्रीले सोही क्षेत्रमा अनुगमन गर्दै अव्यवस्थित ढल र निर्माण सामाग्रीको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्