काठमाडौँ । भारतले नेपाललाई आर्थिक वर्ष २०२२÷२०२३ मा सात सय ५० अर्ब भारतिय रुपैयाँ विकास सहायता अनुदान दिने भएको छ ।
मंगलबार भएको बजेट प्रस्तुतमा भारतिय अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२÷२०२३ मा नेपाललाई सात सय ५० अर्ब बजेट विनियोजन गरेको बताएकी छन् । गत वर्षको तुलनामा भारतले अन्य मुलुकहरुलाई दिने सहयोग अनुदान यस आर्थिक वर्षमा घटेको छ ।
आर्थिक वर्ष २०२१÷२२ को बजेटमा अन्य मुलुकको विकास अनुदानमा ७ हजार १ सय ४८ करोड भारतिय रुपैयाँ विनियोजन गरिएको थियो भने आगामी आर्थिक वर्षका लागी ६ हजार २ सय ९२ करोड भारतीय रुपैयाँ छुट्याएको छ ।
भारतले भुटान, अफगानिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, म्यान्मार, मंगोलिया, मोरिसस, स्याचेल्स, युरोसियन, लेटिन अमेरिकन र अन्य विकासशील मुलुकका लागि विकास सहायता बजेट छुट्याउने गरेको छ ।
भारतबाट धेरै अनुदान पाउने मुुलुकको सूचीमा भुटान पहिलो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्