काठमाण्डौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको चुनावको मिति तोक्न दवाब जारी राखेको छ ।
संगठनले भोलि (बिहीबार) सरकारलाई निर्वाचन आयोगको आग्रहसहितको पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने भएको छ ।
बिहान साढे ८ बजे निर्वाचन आयोगको कार्यालयबाट आयोगको पत्रसहित बालुवाटार पुगेर प्रधानमन्त्रीलाई पत्र बुझाउने अनेरास्ववियु अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो ।
अखिलले केही दिनदेखि दवाबमुलक कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्