काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा ९ सदस्य मनोनीत गरेको छ ।
आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा ९ जना सदस्य मनोनीत गरेको हो ।
थपिएका सदस्यहरुमा गगन बिष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, चेतन अधिकारी, निर्मला शर्मा, उजिर मगर, टीका बिष्ट, महेश दास र रोशन खडका हुनुहुन्छ ।
एमाले केन्द्रीय प्रचार विभाग प्रमुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य बिष्णु रिजाल हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्