Ads

कांग्रेसले सभामुखविरुद्ध महाअभियोग ल्याए एमाले सघाउँछः सचिव रायमाझी


काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुख विरुद्ध महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका छन् । बिहीबार काठमाडौँमा रिपोर्टस क्लबमा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए एमालेले सहयोग गर्ने बताएका हुन् ।

उनले भने, ‘कांग्रेसले सभामुख विरुद्ध महाअभियोग प्रस्ताव ल्याए एमाले सहयोग गर्छ । सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले चल्नु भएको छैन ।’
सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए ।

सचिव रायमाझीले भने, ‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । सरकारमा रहेका पार्टीहरू, महागठबन्धनले के गर्छ ? त्यो कुरा टुङ्गो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन । सरकारले आफ्नो पोजिसन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निर्णय गर्छ । एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।’

सचिव रायमाझीले सत्ता गठबन्धनले स्थानीय चुनाव हार्ने डरले निर्वाचनको मिति सार्न खोजिरहेको आरोपसमेत लगाए । उनले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै पार्टीले आगामी निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताए ।

Ads

सम्बन्धित पोष्टहरू