काठमाडौँ । सिरियाको उत्तरी क्षेत्रमा भएको भिडन्तमा परेर १० जनाको मृत्यु भएको छ । सिरियाको टर्कीस् र कुर्दिस मिलिसियाका दुई पक्षबीच गोली हानाहान हुँदा १० जना सर्वसाधारणले ज्यान गुमाएका हुन् ।
लामो समय देखी विवादित ती दुई पक्षबीचको भिडन्तमा दुवैपक्षका हतियारधारीले गोली चलाएका थिए । त्यस क्षेत्रमा हुने हिंसात्मक कार्यबाट स्थानीयमा चिन्ता उत्पन्न भइरहेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
यसरी हुने विभिन्न हिंसा र सशस्त्र समूहहरुका भिडन्तमा धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेको स्थानीय संचारमाध्यमले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्