Ads

बोर्ड बैठक बोलाउन राखेपको माग


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बोर्ड बैठक बोलाउन माग गर्दे आज(बिहिबार) युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पत्र बुझाएका छन् ।

बोर्डका सदस्यहरुले लामो समय देखी परिषद्को बोर्ड बैठक बस्न नसकेको भन्दै आज पत्रमार्फत बैठक बोलाउन माग गरेका हुन् ।

राखेपका १३ सदस्यहरुले पत्रमा हस्ताक्षर गरेर मन्त्रिपरिषदमा फेरबदल भएपछि बोर्ड बैठक बस्न नसकेको बताउदै बैठक बोलाउन अनुरोध गरेका छन् ।

यस अघि परिषद्को बोर्ड बैठक २०७८ असार २९ गतेका लागि तय गरिएको थियो । आज बुझाएको पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषद्को बैठक बोलाउन संयुक्त रुपमा अनुरोध गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू