काठमाडौं । युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा जागिर लगाइ दिने भन्दै भिजिट भिसामा युएई पठाइ ठगी गर्ने मेनपावर कम्पनिका सञ्चालक पक्राउ परेका छन् ।
काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चचालक भीम गुरुङलाई ठगी आरोपमा पक्राउ परेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो ।
यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हालै उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडिओ खिच्न गएका युटुवरमाथि पनि आक्रमण भएको थियो । पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्