Ads

निर्वाचन मिति कुर्दै आयोग,आन्तरिक तयारी जारी


काठमाडौं । निर्वाचन आयोग स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ ।  निर्वाचन मिति कुर्दै गरेको आयोगले निर्वाचनको लागि गर्नुपर्ने तयारी सुरु गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिले आयोगले निर्वाचनसम्बन्धी गर्ने कार्य जारी राखेको सञ्चारमाध्ययमहरुलाई जानकारी दिनुभयो । तर, कतिपय कार्यहरु निर्वाचन मिति घोषणा भएपछि सुरु हुने उहाँले बताउनुभयो ।

निर्वाचन व्यवस्थापनका लागि कानुन बमोजिम सामान्यतयाः १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा निर्वाचन सम्पन्न गर्न आयश्यक पूर्व तयारीका अन्य कार्यहरु निरन्तर गरिहेको प्रवक्ता पौडलले जानकारी दिनुभयो ।

उहाँले निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन कार्यतालिका ल्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन कार्यतालिकामा निर्वाचन मिति तय भएदेखि मतदानको दिनसम्म के–के गर्ने भन्ने कुरा हुन्छ ।’ निर्वाचन कार्यक्रम निर्वाचन महाशाखाले तयार गर्ने र निर्वाचन हुन एक महिना बाँकी रहँदा ल्याइने उहाँले बताउनुभयो ।

आयोगले निर्वाचन मिति घोषणा भएपछि अर्थ मन्त्रालयमार्फत बजेट पास गर्ने जनाएको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब बजेट आवश्यक पर्ने अनुमाग गरेको छ । जेठ ४ गते बुधबार स्थानीय तहको निर्वाचन एक साथ गर्नुपर्ने प्रस्तव सरकार समक्ष पेश गर्दै आयोगले यस्तो अनुमान गरेको हो । साथै आयोगले एकै चरणमा निर्वाचन नभए खर्च थप हुने अनुमान समेत गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू