Ads

स्वास्थ्यमन्त्रीलाई डा.केसीको ज्ञापन,मापदण्डविनाका संस्था बन्द गराउन आग्रह


काठमाडौं ।  डा. गोविन्द केसीले देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा र डा. केसीबीच आज  भएको  भेटमा डा. केसीले ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न तथा स्वास्थ्य सेवा गुणस्तरीय, निशुल्क, सुलभ बनाउन माग गरिएको छ ।

देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्यसंस्था बन्द गराउन उनले सरकारलाई आग्रह गरेका छन् । पूर्वाधार र पर्याप्त जनशक्तिबिना निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको भन्दै उनले यसबाट बिरामी ठगीने तथा मृत्यु हुनेसम्मको अवस्था रहेको उल्लेख गरेका छन् ।

नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्साशास्त्रका विद्यार्थीसँग अतिरिक्त रकम माग गरिएको भन्दै डा. केसीले ती कलेजका सञ्चालकलाई कारवाही गर्न पनि माग गरेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू