तस्वीरः सुजाता तामाङ
काठमाडौँ । हिमाली जिल्ला सोालुखुम्बुमा बिहीबारदेखि बाक्लो हिउँ परेको छ। बिहीबारदेखि देशभरीका हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा नै बाक्लो मात्रामा हिउँ पररिहेको छ ।
हिउँ परेपछि हिमाली र उच्च पहाडी डाँडाहरु र बस्तीहरु सेताम्मे देखिएका छन्। बाक्लो हिउँ परेपछि चिसोले जनजीवन कष्टकर भएको छ । खुम्जुङ, नाम्चेबजार, लुक्ला, सल्लेरी र पत्तालेमा सबैभन्दा बढी हिउँ परेको छ । नाम्चे बजारमा र पत्ताले बजारमा दुई फिट जति हिउँ जमिसेकेको छ ।
शुक्रबार बिहान सोलुखुम्बुबाट बाहिरिने कुनै पनि सवारीसाधन बाहिरिएका छैनन्। जिल्लामा पाँच किलोमिटरभन्दा बढी लामो सडकमा हिउँ जमेको छ । जिल्लाबाट यातायातका साधनहरु सुमो राजधानी लगायतका जाने गरेका भएपनि हिउँका कारण जान सकेका छैनन् ।
हिउँ परेपछि अहिले अधिकांश स्थानको तामक्रम माइनसमा झरेको छ ।
जिल्ला सदरमुकाम सल्लेरीमा पनि अहिलेसम्मकै सबैभन्दा धेरै हिउँ परेको छ ।
हिउँ परेसंगै अत्याधिक चिसो बढेपछि बालबालिका तथा वृद्धवृद्धाहरु भने घरबाट बाहिर निस्कन सकिरहेका छैनन् । नेपालकै सबैभन्दा धेरै विमानस्थल रहेको जिल्लामा हिउँ परपछि सबै विमानस्थलमा हवाइ उडान पनि प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्