काठमाडौँ । लुम्बिनी प्रदेशसभाले आज(शुक्रबार) स्थापना दिवस मनाउँदै छ । कोरोना भाइरस संक्रमणका कारण भर्चुअलमाध्यमबाट स्थापना दिवस मनाउन लागिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
स्थापना दिवसका अवसरमो प्रदेशका १२ जिल्लाका माध्यमिक विद्यालयमा ‘संघीयता कार्यान्वयनमा प्रदेशसभाको भूमिका’ विषयक निवन्ध प्रतियोगिता आयोजन गर्ने भएको छ । यसअघि नै पत्रचार गरेर इमेलमा निवन्ध पठाउन प्रदेशका सबै स्थानीय तह र शिक्षा कार्यालयमार्फत विद्यालयलाई जानकारी दिइएको थियो । विद्यालयबाट एक छात्र र एक छात्राको अनिवार्य उपस्थिति आवश्यक रहेको पनि बताइएको छ ।
एक हजार शब्दको निवन्ध हुनुपर्ने प्रावधान रहेको प्रतियोगितामा प्रथम हुनेलाई रु १५ हजार, दोस्रोलाई रु दश हजार, तेस्रोलाई आठ हजार र सान्त्वनालाई पाँच हजार रूपैयाँ पुरस्कारस्वरुप र प्रमाणपत्र प्रदान गरिने छ ।
लुम्बिनी प्रदेशसभाको पहिलो कार्यकाल सकिन अव आठ महिना मात्र बाँकी रहेको छ ।
लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्