काठमाडौँ । बिहीबार रातीदेखि देशभरीका हिमाली र उच्च पहाडी जिल्लाहरुमा हिमपात सुरु भएको छ ।
हिउँ परेपछि हिमाली र उच्च पहाडी डाँडाहरु र बस्तीहरु सेताम्मे देखिएका छन्। बाक्लो हिउँ परेपछि चिसोले जनजीवन कष्टकर भएको छ हिउँपातका कारण सडक अबरुद्ध भएपछि सवारी साधन बाटैमा रोकिएका छन् । यात्रुहरु हिउँमा अलपत्र परेका छन् ।
हिउँ परेपछि अहिले अधिकांश हिमाली र उच्च पहाडी जिल्लाको तामक्रम माइनसमा झरेको छ ।
हिउँ परेसंगै अत्याधिक चिसो बढेपछि बालबालिका तथा वृद्धवृद्धाहरु भने घरबाट बाहिर निस्कन सकिरहेका छैनन् । हिउँ परपछि हिमाली र उच्च पहाडी जिल्लामा रहेका विमानस्थलमा हवाइ उडान पनि प्रभावित भएका छन् ।
तस्वीरः विजय रावत,रासस
प्रतिक्रिया दिनुहोस्