Ads

मौसमका कारण जनमत पार्टीको आन्दोलन स्थगित


काठमाडौं। जनमत पार्टीको आन्दोलन स्थगित भएको छ । सीके राउत नेतृत्वको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसममा प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको हो ।

पार्टीले गत माघ २ गतेदेखि तराई मधेसमा किसानका विभिन्न मुद्दाका उठाएर प्रदर्शन गर्दै आइरहेको छ । आन्दोलनका क्रममा पार्टीले सार्वजनिक तथा व्यक्तिका सवारी साधनमा तोडफोड, अगाजनी गर्ने कर्मचारीलाई मोसो दल्ने, र लाठा लिएर सडकमा प्रदर्शन गर्दै आएको थियो । अब पार्टीले लोकमार्गकेन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका नगरपालिकाकेन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने जनाएको छ।

मौसममा सुधार आएपछि फागुन १ गतेदेखि आन्दोलनका कार्यतालिका अर्को बैठकबाट निर्णय गरिने पनि महासचिव चन्दन सिंहले जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू