Ads

पत्रकार राईको निधनप्रति महासंघद्धारा दुःख व्यक्त


काठमाडौँ । पत्रकार कमलराज राईको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ ।

४५ वर्षिय कमलराज राई महासङ्घ, काठमाडौँ शाखाका कार्यसमिति सदस्य थिए । लामो समयदेखि काठमाडौँमा रहेर सक्रिय पत्रकारिता गरिरहेका राईको हृदयघातका कारण निधन भएको हो ।

हृृदयघात भएपछि उपचारका लागि मित्रपार्कस्थित नेपाल–भारतमैत्री अस्पताल पु¥याएका पत्रकार राईको उपचारकै क्रममा बिहिबार दिउसो निधन भएको थियो ।

“नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मिहेनती, जुझारु, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले सक्रिय सदस्य गुमाएको छ । महासङ्घ स्व पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ ।” महासङ्घद्वारा आज(शुक्रबार) जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू