Ads

राहदानी विभागको अनलाइन फर्म कीर्तेः आरोपी पक्राउ


काठमाण्डौं । महानगरीय प्रहरी परिसरले राहदानी विभागको अनलाइन फर्म कीर्ते गर्ने आरोपीलाई पक्राउ गरेको छ । प्रहरी परिसरले फर्म कीर्ते गर्ने धन्दामा लागेका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका ७ सिन्धुपाल्चोक घर भई काठमाडौंको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, बेसीसहर गाउँपालिका ११ घर भई टोखा बस्दै आएका ४० वर्षीय नविनकुमार श्रेष्ठ र वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत बस्‍ने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् ।

महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई त्रिपुरेश्‍वरस्थित राहदानी बिभागको हाता बाहिरबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले कम्‍युटर, ल्‍यापटप र प्रिन्टर एक÷एक वटा तथा ४० हजार नगद र ५० थान कीर्ते गरिएका कागजपत्र बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको अनुमति लिइ थप अनुसन्धान भइरहेको । महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू