काठमाण्डौ । केही दिनदेखी परिरेहको वर्षा र हिमपात शनिवार देखी रोकिएको छ । यसैगरी आज देखी देशभरको मौसम सुधार हुने जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहेनेछ । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर पानी परेको थियो ।
मौसमी प्रणालीमा सुधार भएसँगै अब हिमपात र वर्षा पनि बिस्तारै कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको विष्लेषण छ । मौसममा सुधार आएसँगै तापक्रम पनि बढ्नेछ ।
महाशाखाका अनुसार आइतबार दिउँसो मौसम सफा रहनेछ भने राति प्रदेश १ र बागमतीमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
प्रतिक्रिया दिनुहोस्