Ads

भारतीय गायिका लता मंगेशकरको निधन


काठमाडौं । भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आज आइतबार निधन भएको छ । उनको मुम्बईस्थित ब्रीच क्याण्डि अस्पतालमा निधन भएको छ । कोभिड संक्रमणपछि जनवरी ८ तारेखदेखि मुम्बईस्थित ब्रीच क्याण्डि अस्पतालमा भर्ना गरिएकी उनलाई निमोनिया पुष्टि भएको थियो ।

शनिबारदेखि उनलाई चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्दै आएका थिए । गतसाता स्वास्थ्यमा सुधार आएपनि शनिबारदेखि भने श्वासप्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको हो ।

लतालाई बलिउडमा सदावहार गायिका मानिन्छ । उनले हजारौं हिन्दी भाषीसहित भारतका ३६ जातिय भाषामा समेत गीत गाएकी छिन् । सन् १९८९ मा उनलाई दादा साहेब फाल्खे अवार्डबाट सम्मानित गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू