Ads

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुदै, को को बन्दैछन् मन्त्री


काठमाडौं । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री परिषद बिस्तार गर्ने भएका छन् । मुख्यमन्त्री राईले १६ कार्तिकमामा सरकारको नेतृत्व गरेका थिए । मुख्यमन्त्री राई नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता थिए । कार्तिकदेखि मन्त्रीपरिषद विस्तार हुन सकेको थिएन । पाँच दलीय गठबन्धनको सरकार बनेको लामो समय पछि मन्त्रालय फुटाएर मन्त्रीपरिषद विस्तार हुन लागेको हो ।

नेपाली काँग्रेसबाट प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापा, ओमप्रकाश सरावगीको मन्त्रीका लागि नाम तय भएको छ ।

त्यसै गरी नेकपा माओवादी केन्द्रबाट रामकुमार राई र झलकसिंह दर्लामी मन्त्रीका लागि सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीबाट पनि ३ जना मन्त्री बन्ने भएका छन् ।

कांग्रेसका शेखर वन, वातावरण तथा भूसंरक्षण मन्त्री, हाङ्गाम भूमि व्यवस्था मन्त्री र सरावगी उद्योग, श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका रामकुमार राई खानेपानी, ऊर्जा तथा सिँचाइ र झलकसिंह दर्लामी कृषि तथा पशुपंक्षी विकास मन्त्री बन्ने भएका छन् ।
नेकपा एकीकृत समाजवादीबाट खिनु लङ्वा लिम्बु ,राजन राई र उपेन्द्र घिमिरे मन्त्रीमा सिफारिस भएका छन् ।

समाजवादीका लिम्बु पर्यटन तथा संस्कृति मन्त्री, राई सामाजिक विकास मन्त्री र घिमिरे सूचना, सञ्चार तथा सहकारी मन्त्री बन्ने भएका छन् ।

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतवार नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको माओवादीबाट मन्त्री सिफारिस भएका झलकसिंह दर्लामीले बताए ।

गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालयबाट मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो ।

अहिले एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् छ । अहिलेसम्म काँग्रेसले दुई, माओवादी र जसपाले एक एक मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एक राज्यमन्त्री दिइएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू