काठमाडौँ । सरकारको विरोध गर्दै युवा संघले आज(आइतबार) सिंहदरबार नजिक कालो बेलुन उडाएको छ । स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न ढिलो गरेको भन्दै युवा संघले सरकारको विरोध जनाएको हो ।
सिंहदरबारको दक्षिण गेट र माइतीघर परिसरबाट कालो बेलुन उडाएर निर्वाचनको मिति घोषणा गर्न दवाव दिएको युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको समेत विरोध गरेको हो ।
विरोधमा उत्रिएका युवा संघका तीनजना कार्यकर्तालाई सिंहदरबार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ ।
उनिहरुले स्थानीय तह निर्वाचनको विषयमा संगै मूल्य वृद्धिको विरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्