कास्की । सत्तागठबन्धनका दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे जनतामा भ्रम छरेको बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशसमितिको कार्यालय उद्घाटन गर्दै नेता पौडेलले उक्त कुरा बताएका हुन्।
पौडेलले भने, ‘मैले गठबन्धनमै प्रचण्ड र माधवजीलाई भनेको छु । यो एमसीसी किन गिजोल्नुभयो ? जनतालाई गलत सूचना दिएर एमसीसीबारे भ्रमित पार्ने काम उहाँहरुबाटै भएको छ ।’
पौडेलले एमसीसी अनुदान लिनु पर्नेमा जोड दिएका छन् । उनले भने, ‘मुलुकको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ । सधै विदेशीको ऋण लिएर हुँदैन । ऋण तिर्न नसक्दा श्रीलंकाको हालत के भएको छ ?’
उनले एमसीसीबारे भएको भ्रम चिरेर गठबन्धन जोगाउदै चुनावमा गठबन्धन गर्नपर्ने बताए । उनले भने,‘ चुनावमा गठबन्धन नगर्ने हो भने कांग्रेसलाई पनि सजिलो छैन ।’
प्रतिक्रिया दिनुहोस्