Ads

भारतीय प्रख्यात गायिका मङ्गेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली गीत संगीतको क्षेत्रमा योगदान दिएकी भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

९२ वर्षको उमेरमा आज(आइतबार) निधन भएकी विश्वप्रसिद्ध गायिका मङ्गेशकरले नेपाली गीत संगीतमा दिएको योगदानको स्मरण गर्दै राष्ट्रपतिले शोक व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनिन्, “धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।”

कोभिड–१९ संक्रमण भएपछि उनलाई उपचारका लागी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज उनको निधन भएको हो ।

सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा उनले गिनिज बुकमा आफ्नो रेकर्ड बनाएकी थिईन् ।

Ads

सम्बन्धित पोष्टहरू