काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र र प्रमुख प्रतिपक्ष एमाले अध्यक्षबीच बालुवाटारमा भेटवार्ता भएको छ । तर सत्तागठबन्धनको तेस्रो घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई भने उक्त भेटवार्तामा बोलाइएन् ।
एमालेले एकीकृत समाजवादीलाई बोलाएको कुनै पनि सार्वजनिक कार्यक्रममा आफू नआउने बताउदै आएको छ । नेकपा एसको संसदमा उपस्थितलाई लिएर एमालेले निरन्तर अवरोध गदै आएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले आइतबार सल्लाह गरेर ओलीसहितको बैठक बोलाएका थिए । उक्त बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने बोलाइएन ।
देउवाले निर्वाचनबारे छलफल र एमसीसीका मुद्दामा रणनीति बनाउन दुई शीर्ष नेतालाई बोलाउँदा माधव नेपाललाई छुटाउनु सामान्य भएको बालुवाटार स्रोतको भनाइ छ ।
तर एमाले श्रोतका अनुसार यो मामलामा एमाले अध्यक्ष ओलीको अडान सही सावित भएको छ । किनभने माधव नेपालको अस्तित्व अस्विकार गर्दै आएको एमाले अडानलाई प्रधानमन्त्री देउवाले स्विकार्दै आजको बैठकमा नेपाललाई नबोलाईएको एमाले नेताहरुको तर्क छ ।
बालुवाटार बैठकबारे पार्टीलाई जानकारी छैन : समाजबादी प्रबक्ता
उता नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बालुवाटार बैठकबारे आफ्नो पार्टीलाई जानकारी नभएको बताएका छन् ।
आइतबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा बैठक भएको छ।
सो बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी नरहेको पार्टी प्रवक्ता खतिवडाले बताए ।
एक्लिदै नेपाल
यसैविच प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले ‘अवैध’ भनेको एकीकृत समाजवादीलाई संयुक्त बैठकमा नबोलाउने प्रतिबद्धता जनाउनुभएको एमालेले बताएको छ ।
तीन दलका शीर्ष नेताको आजको बैठकमा प्रधानमन्त्री देउवाले एमालेसँगको बैठकमा एकीकृत समाजवादीलाई सहभागी नगराउने प्रतिबद्धता जनाएको एमाले महासचिव शंकर पोखरेलले बैठकपछि जानकारी दिनुभयो
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरसांसदलाई राखेर संसद् बैठक चलाउँदा र अवैध रूपमा जन्माइएका ‘पार्टी’को उपस्थिति रहने कुनै पनि कार्यक्रममा नेकपा एमाले सहभागी नहुने दोहोर्याउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्