काठमाडौँ । आज(सोमबार) मन्त्रिपरिषद्को नियमति बैठक बस्ने भएको छ । दिउँसो ३ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको बताएइको छ ।
आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव पछि यसअघिको सत्तारुढ गठबन्धनको बैठकले पनि आयोगको सिफारिस अनुसार मिति घोषणा गर्ने निर्णय गरेको हो ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आजको बैठकबाट निर्वाचनको मिति तय गर्ने बारेमा छलफलमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्