Ads

स्थगित भयो मतदाता नामावली संकलन


काठमाडौँ । स्थानीय तहको निर्वाचन मिति घोषणा भएसंगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।

आज(सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेपछि मतदाता नामावली संकलनको काम स्थगित गरेको आयोगले बताएको हो ।

आयोगका अनुसार भोलीदेखी नामावली संकलन नहुने र आज दर्ता भएका नामावली मान्य रहने छन् ।

निर्वाचनको मिति घोषणा गरेपछि उक्त निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्थाका आधारमा आयोगको आज बसेको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू