काठमाडौं । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) छोडेका छन् । मंगलबार गृहजिल्ला मकवानपुरको हेटौंडामा पत्रकार सम्मेलन गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।
महाधिवेशन भएको दुई महिनामा नै पार्टीमा सैद्धान्तिक विचलन आएको ाअरोप लगाएका छन् ।
उनले भने, ‘पार्टीमा सैद्धान्तिक विचलन आएको छ । गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ भएन । त्यहिकारणले राप्रपा छोड्ने निर्णयमा पुगेको हुँ ।’
प्रतिक्रिया दिनुहोस्