काठमाडौँ । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । महासचिव शंकर पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका छन् ।
सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेको छ । निर्वाचन तय भएसंगै उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको छ ।
दुई दिने कार्यक्रमको उद्घाटन अध्यक्ष कमरेड केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्ने छन् ।
उद्घाटन शत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी हुनेछन् ।
प्रशिक्षणको समय तालिका
प्रदेश नं १– फागुन १– २, विराटनगर
मधेस प्रदेश– फागुन ३–४, जनकपुर
वागमती प्रदेश– फागुन ६–७, काठमाडौं
गण्डकी प्रदेश– फागुन ८–९, पोखरा
लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवलरदाङ
कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी
प्रतिक्रिया दिनुहोस्