काठमाण्डौ । पटक–पटक स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक फाल्गुण २ गतेका लागि बोलाईएको छ । प्रतिनिधिसभाको बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको हो ।
सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।
बुधबारका लागि सभामुख अग्नि प्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएपनि संसद खुलाउने विषयमा सहमति जुट्न नसकेपछि आजको बैठक पनि सारिएको हो । सरकार एमसिसि संसदमा पेश गर्ने वा नगर्ने भन्ने निर्णयमा पुग्न नसक्दा संसद सञ्चालनको विषय पनि पर धकेलिएको छ ।
यसैगरी आफुले कार्वाही गरेका गैर सांसद सहभागि हुने प्रतिनि सभाको बैठक सञ्चाल हुन नदिने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्धमा विरोध जनाउँदै आएको छ । यि सबै विषयमा सहमति जुटाउनका लागि प्रधानमन्त्री शेर बहादुर देउवाले शिर्ष तहमा संवा थाल्नुभएको छ ।
प्रधानमन्त्रीसंगको भेटमा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अडान कायम राख्नुभएको बैठकमा सहभागि एमाले महासचिव शंकर पोख्रेलले जानकारी दिनुभएको थियो । एमालले आफ्नो पूर्ववत प्रस्तावहरु फिर्ता नलिएसम्म वा सहमति नजुटेसम्म संसद्ध सहज रुपमा सञ्चालन हुने सम्भावना कम छ ।
आज (बुधवार)का लागि बोलाईएको बैठक सारेर यस बीचमा सहमतिको प्रयास गरिने नेताहरुले बताएका छन् । यस अघि शिर्ष तहमा भएको छलफललाई निरन्तरता दिने र सहमति जुट्न नसकेका सबै विषयमा सहमतिको प्रयास र पहल गरिने स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्