काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा कोेइरालाप्रति श्रद्धा सुमन अर्पण गरेका छन् ।
आज(बुधबार) सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति प्रधानमन्त्री देउवाले श्रद्धा सुमन अर्पण गर्र्दै कोइरालाले पार्टीमा पु¥याएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गरेका हुन् ।
नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गर्नुभएका कांग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो । श्वासप्रश्वासमा भएको समस्याका कारण ७७ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस्