Ads

आयोगले स्थानीय तहको निर्वाचनमा भोटिङ मेसिन प्रयोग गर्नेबारे विज्ञहरूसँग छलफल


काठमाडौं । निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने बारे विज्ञहरूसँग छलफल गर्न थालेको छ ।

बुधबार दिउँसो १ बजे आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गर्ने बारे विज्ञहरूसँग छलफल गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

भोटिङ मसिनको प्रयोगबारेमा परामर्श लिन आयोगले सरकारका आइटी विज्ञहरूलाई बोलाएर छलफल गर्न लागेको उनले बताए।

उनले भने, ‘सम्भावना के छ भनेर सामान्य छलफल गर्न लागेको हो। निर्वाचन आयोगले विद्युतीय मेसिनबाट चुनाव गराउन लागिहालेको भन्ने होइन ।’

 

Ads

सम्बन्धित पोष्टहरू