Ads

किसानका माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध हुन्छ – डा. सीके राउत


काठमाडौँ । विगत केही दिनदेखी चर्किरहेको किसान आन्दोलनले स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएको छ ।

किसान आन्दोलनको मागहरु सम्बोधन नभए स्थानीय निर्वाचनलाई बाधा पुग्ने जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बताएका छन् ।
‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनी मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं ।’ अध्यक्ष राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई–मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।’

आफ्नो पाटी निर्वाचनविरोधी नभएपनि सरकारले किसान आन्दोलनको माग सम्बोधन नगरेमा निर्वाचनको विरोध गर्न बाध्य हुने उनको भनाई छ । सरकारले निर्वाचन गर्नु अघिनै माग सम्बोधनको पहल सुरु गरेमा निर्वाचनमा विरोध नगर्ने पनि स्पष्ट पारेका छन् ।

लामो समयदेखी आन्दोलन जारी रहँदा पनि सरकारले किसानहरुको मागमा कुनै पहल नगरेकोप्रति उनले दुःख व्यक्त गरेका छन् ।

राउतका अनुसार अर्को चरणको सशक्त किसान आन्दोलन फागुन १ गतेबाट सुरु हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू