Ads

गृहमन्त्री खाँण र पर्यटनमन्त्री आलेबीच छलफल


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेबीच कोभिड–१९ प्रभावपछि पर्यटन क्षेत्रको अहिलेको अवस्थाबारे छलफल भएको छ ।

गृह मन्त्रालयमा आज(बुधबार) भएको छलफलमा दुई अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको अवस्था र समाधान गर्नुपर्ने विषयबारे कुराकानी भएको बताइएको छ ।

दुई मन्त्रीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे कुराकानी भएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिएका हुन् । उनका अनुसार गौतमबुद्ध विमानस्थलमा सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ गर्ने तयारी भइरहेको र त्यसपछि सञ्चालनमा ल्याउने तयारी सरकारको रहेको छ ।

छलफलमा पर्यटनमन्त्री आलेले कोभिड–१९ पछिको पर्यटनको अवस्था र अब गर्नुपर्ने पक्षबारे गृहमन्त्री खाँणलाई जानकारी गराएका थिए । पर्यटन क्षेत्र सुधारका लागि गृह मन्त्रालयले गर्नुपर्ने कामका बारेमा मन्त्री खाँणले बताएका छन् ।

-रासस

Ads

सम्बन्धित पोष्टहरू