काठमाडौं । नेकपा एमालेले नियमावली चौथो संशोधन गर्दै केन्द्रीय विभागहरुको आकार बढाएको छ ।
यसअघि एमालेका विभाग २५ सदस्यीय हुने गरेका थिए । तर पार्टी संरचना ठूलो भएको र धेरै नेता कार्यकर्तालाई जिम्मेवारी बाँडफाँड गर्न विभागको आकार बढाइएको हो ।
विभागका सचिव यसअघि सदस्यहरुबाट छानिने गरेकोमा अब केन्द्रीय कमिटीबाट मनोनयन हुने व्यवस्था गरिएको छ ।
पार्टी सञ्चालनका लागि एमालेले नियमावलीमा चौथो संशोधन गर्दै केन्द्रका ३३ विभागमा प्रमुख,उपप्रमुख र सचिवसहित प्रत्येकमा ३५ सदस्य रहने व्यवस्था गरेको छ ।
नियमावलीले पार्टी सदस्यता शुल्क मासिक १५ रुपैया कायम गरेको छ । पार्टी सस्यहरुको लेबीको मासिक ५ रुपैया केन्द्रीय कमिटीमा बुझाउनु पर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्