काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो । भेटवार्तामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए।
उनीहरूबीच समसामयीक राजनीति, एमसीसी र स्थानीय चुनावका विषयमा छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्