काठमाडौं । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विहीबार माओवादी अध्यक्ष प्रचण्डले उनी लगायत केहि स्थानीय जनप्रतिनिधिलाई पार्टीमा स्वागत गरेका हुन् । स्थानीय तहको कार्यकाल सकिनै लाग्दा माओवादी प्रवेश गरेका छन् । सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचनको मुखमा नेकपा एमालेमा प्रवेश गरेका थिए ।
उनकी पत्नी पल्लबी शुक्लालाई एमालेले प्रदेशसभा सदस्य उम्मेदवार बनाएको थियो ।
शुक्लसँगै नेपाली कांग्रेसबाट निर्वाचित सोही गाउँपालिकाका वडाध्यक्ष श्रवणकुमार यादवसमेत माओवादीमा प्रवेश गरेका प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्