काठमाडौं । जनता समाजवादी पार्टीका बारा जिल्लाका नेता सुरेन्द्र ठाकुर एमाले प्रवेश गरेका छन् । विहीबार ठाकुरसहित निर्वाचित जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर उनीहरू एमाले प्रवेश गरेका हुन् ।
बारा क्षेत्र नम्बर २ का क्षेत्रीय उपाध्यक्ष सुरेन्द्र ठाकुर, पचरौता नगरपालिका वडा नम्बर ५ बाट निर्वाचित वडाध्यक्ष लक्ष्मी यादवसहित १७ जना जसपाका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्दै मधेशमा पनि एमाले पहिलो शक्ति बन्ने अभियानमा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्