Ads

पाँच बुँदे सहमतिपछि परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित


काठमाडौँ । लामो समयदेखी चलिरहेको परिक्षा बोर्डका कर्मचारीको आन्दोलन आज(बिहिबार) सहमति भएपछि स्थगित भएको छ ।

आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् ।

गत साउन २५ गते बोर्डका सदस्य सचिव दुर्गा अर्याललाई कर्मचारीले पाँच बुँदे मागपत्र पेश गरेका थिए । तर माग पुरा गराउन भन्दै धेरै पटक अनुरोध गर्दापनि माग सम्बोधन नभएपछि सङ्घले बुधबारदेखि आन्दोलन सुरु गरेको थियो ।

बोर्डले आफ्नो मागको बेवास्ता गरेको भन्दै सुरु गरेको आन्दोलन आजको वार्तापछि स्थगित भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिएका हुन् ।

बुधबार र आज बोर्डको सम्पूर्ण काम रोकेपछि कर्मचारीसँग व्यवस्थापनले वार्ता गरेर पाँच बुँदे सहमति भएको छ । उक्त सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको अध्यक्ष ढकालले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू