काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकमा आगामी स्थानीय निर्वाचनमा अन्य पार्टीसँग नमिली जानुपर्छ भन्नेमा धेरै नेताहरुको धारणा देखिएको छ।
पूर्वमहामन्त्री सशांक कोइरालाले आफूसहित धेरै नेताहरुले आगामी निर्वाचनमा गठबन्धन बनाउनु नहुनेमा धारणा राखेको जानकारी दिए।
त्यस्तै बैठकमा अमेरकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा सदस्यहरुबीत एक मत भएको थियो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्